१९ श्रावण २०७७, सोमबार

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली बाल्कोटस्थित निजी निवासमा पुग्नुभएको छ । सरकारी निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री ओली सोमबार निजी निवासमा पुग्नुभएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनु भएका ओली प्रधानमन्त्री भएसंगै बालुवाटार स्थित निजी निवासमा बस्दै आउनुभएको छ ।

बालकोट पुगेर करिब सवा घण्टासम्म बसेका प्रधानमन्त्री ओलीले भक्तपुरका नेता महेश बस्नेतसहितका नेकपा नेताहरुसँग छलफल गर्नुभएको थियो । पत्नी राधिकासहित आफ्नो निवासमा पुग्नुभएको ओलीले त्यस क्रममा तरकारी बारी, बगैँचादेखि आफ्नो शयन कक्षसम्म हेर्नुभएको थियो । उहाँले आफ्नो निवासको जानकारी लिँदै त्यहीँ भक्तपुरका नेकपा नेता कार्यकर्ता र प्रशासकहरुसँग पनि छलफल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV