१९ श्रावण २०७७, सोमबार
  • विवेक राई,

भोजपुर, १९ साउन । साल्पासिलिच्छो गाँउपालिका-१ कुलुङका वडाध्यक्ष ले स्थानीय एक बृद्धमाथि कुटपिट गरेका छन् । अध्यक्ष गणेश बुढाथोकीले शनिवार स्थानीय ६५ बर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् ।

कार्कीको छाती, हात र खुट्टामा चोटपटक लाग्ने गरी गम्भीर घाईते बनाएको उनकी श्रीमती इन्दिरा कार्कीले बताउनुभयो । गत शनिबार दिंलाबाट घर जानेक्रममा आफुमाथि कुटपिट गरेको कार्कीले जानकारी दिनुभयो। वडाध्यक्ष गणेश बुडाथोकीले भने बाटो निरीक्षण गर्दै हिडिरहेको अवस्थामा अग्राखे भन्ने स्थानमा कार्कीले अपशब्द प्रयोग गरेकाे र त्यसो नगर्नु भन्दा सामान्य ठेलाठेल भएको बताउनुभएको छ ।

घटना पछि वडाध्यक्ष बुढाथोकीलाई आईतवार प्रहरीले नियन्त्रणमा लिएको र पीडीत कार्कीको परिवारको रोहवरमा छाडिएको ईलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो । वृद्धको स्थानीय मेडिकलमा प्राथमिक उपचार थप उपचारको लागि विराटनगर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV