१९ श्रावण २०७७, सोमबार

उदयपुर, १९ साउन । संघीय निर्वाचनक्षेत्र विकास अर्थात सांसद विकास कोषको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चालु वर्ष खर्च हुन नसकेको उदयपुरकाे ताप्ली गाउँपालिकाकाे ५० लाख बजेट स्थानीय तहको कोरोना कोषमा जम्मा भएको छ । प्रतिनिधिसभा सदस्य सुरेश राई (हिमाल)को पहलमा विद्युत विस्तारको लागि विनियोजित बजेट फ्रिज हुनबाट जोगाइ कोरोना कोषमा जम्मा गरिएको हाे ।

चालु वर्ष संघीय निर्वाचनक्षेत्र विकासको स्थानीय विकास साझेदारी कार्यक्रम अन्तरगत ताप्ली गाउँपालिकामा विद्युत विस्तारको लागि विनियोजित ५० लाख फ्रिज हुनबाट जोगाइ कोरोना कोषमा जम्मा गरेको प्रतिनिधिसभा सदस्य सुरेश राई (हिमाल)को सचिवलयाले जनाएको छ । ‘आर्थिक वर्ष २०७६/७७ को लागि ताप्ली  गाउँपालिकाको विद्युत विस्तारको लागि विनियोजित बजेट ५० लाख फ्रिज हुनबाट जोगाइ कोरोना कोषमा जम्मा गरिएको छ,’  सांसद राईको सचिवलयाले भनेको छ ।

विद्युत विस्तारमा ताप्ली गाउँपालिकाले तदरुकता नदेखाएको, ठेकेदारको नियोजित बदमासी र नेपाल विद्युत प्राधिकरण जिल्ला कार्यलय उदयपुरले  वेवास्ता गरेकाले उक्त बजेट फ्रिज हुने लागेको सांसद राईको सचिवलयाले जनाएको छ । त्यस्तै विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड-१९) सिर्जित लकडाउनका कारणले पनि उक्त बजेट खर्च हुन नसेकाे सांसद राईको सचिवलयाले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV