१९ श्रावण २०७७, सोमबार

काठमाडौं, १९ साउन । हिन्दु धर्मालम्बीले आज जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व मनाएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।

याे वर्ष भने विश्वभर फैलिएको कोरोना संक्रमणको प्रभाव जनैपूर्णिमा पर्वमा पनि परेको छ । मन्दिरमा विगतको तुलनमा मानिसको चाप कम छ । काेराेना कहरले गर्दा हिन्दुहरूकाे सबैभन्दा ठूलाे मन्दिर पशुपतिनाथ बन्द रहे पनि बाहिरबाटै दर्शन गरेर छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि गरेकाे बन्दाबन्दी साउन ६ गतेबाट खुले पनि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।

यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ ।

जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुने विश्वार रहीआएको छ ।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म९सूर्य०बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ ।

तस्वीर : महेश्वर केसी /न्युज २४ नेपाल

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV