१९ श्रावण २०७७, सोमबार

एजेन्सी, १९ साउन । भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण भएको छ ।  अहिले उनको कर्नाटकको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने समान्य रहेका बताइएको छ ।

उनलाई कुनै गम्भीर समस्या नभएपनि चिकित्सकको सल्लाह अनुसार अस्पताल लगिएको हो । उनी स्वयमले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै ट्वीट गरेका छन् । उनले ट्वीटमा भनेका छन्- ‘मेरो कोरोना रिपोर्ट पोजिटिभ आएको छ, यद्यपि म ठीक छु। म डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएको छु । जो मेरो सम्पर्कमा आएका छन्। उनीहरुले परीक्षण गरुन् र सेल्फ क्वारेन्टाइनमा बसुन्।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV