अगष्ट ९ देखि श्रम बजार खुला गर्ने बहराइन सरकारकाे निर्णय



प्रकाशित मिति : Aug 03, 2020

काठमाडौं, १९ साउन । बहराइन सरकारले आगामी अगष्ट ९ देखि श्रम बजार खुला गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण धेरैजसो मुलुकहरुको श्रम बजार बन्द रहेको बेला बहराइनले भने खुला गर्ने भएको हाे।

बहराइन सरकारले अब नयाँ ‘वर्क परमिट’ अनुमति दिने हुनाले धेरै नेपालीहरुलाई रोजगारीको अबसर मिल्नेछ । बहराइन धेरै नेपालीहरुको श्रम गन्तव्य भएको मुलुक हो । तर सरकारले नयाँ कामको अनुमति दिएपनि पहिलो प्रथामिकता भने बहराइनकै नागरिक र अन्य मुलुकबाट कामका लागि बहराइन पुगिसकेका नागरिकलाई दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com