१८ श्रावण २०७७, आईतवार
  • सन्तोष काफ्ले,

सुनसरी, १८ साउन । धरान उपहानगरपालिकामा कोराना संक्रमितको संख्या बढ्न थालेपपछि समूदाय स्तरमै पीसीआर परीक्षण गरिने भएको छ ।

उपमहानगर पालिकामा आज एकै दिन ९ जनामा कोराना सक्रमण पुष्टि भएपछि समूदाय स्तरमा फैलन नदिन पीसीआर टेष्टलाई तीव्रता दिन लागिएको नगर प्रमूख तिलक राईले जानकारी दिए ।

पछिल्लो समय धरान पनि कोरोना सक्रमणको उच्च जोखिममा रहेको भन्दै प्रमुख राईले मङ्गलवारदेखि रेन्डम मास टेस्टिङ सुरु गरिने बताए ।

उपमानगरपलिकाका २० वटा नै वडामा पुगेर सम्भावित जोखिम क्षेत्रको पहिचान गरी ६ सय जनाको कोरानो परीक्षण गर्न लागिएको प्रमुख राईले बताए ।

२० वटा वडाका संक्रमणको जोखिम क्षेत्र, स्थान र व्यक्तिको पहिचान गरी कोरोनाको परीक्षण गराइने भएको छ । हालसम्म धरानमा संक्रमितको कुल सख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV