‘अनलाइन स्विमिङ्ग लेभल १ कोर्स’ सम्पन्न



प्रकाशित मिति : Aug 02, 2020

काठमाडौं, १८ साउन । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ ।

कोर्समा ट्राइयाथलन र पौडीसंग सम्वन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । प्रशिशक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

कोभिड १९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्वन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर बृद्धि गर्न संघले निकैनै महत्वपूर्ण भूमिका निर्वाह गरको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले बताए ।

प्र्रशिक्षक लिले पौडी प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धी बिशेष ज्ञान प्रदान गरेका थिए ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।

प्रशिक्षणको अन्तिम दिन समापनमा यस कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक युजिन लि र प्रशिक्षार्थी प्रशिक्षकहरुलाई धन्वाद प्रदान गरे । उनले यस कार्यक्रमलाई सञ्चालन गर्न बिशेष भूमिका देख्ने संघका महासचिव युवराज सुनुवारलाई बिशेष धन्यवाद प्रदान गरे ।

प्रशिक्षार्थीहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुको स्तर बृद्धि गर्न निर्क मद्धत पुग्ने र आगामी दिनमा नयाँ खेलाडीहरु उत्पादन गर्न मद्धत पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com