‘सिद्धार्थनगर सिटी साइक्लिङ्ग च्याम्पियनशीप–२०७७’ हुने



प्रकाशित मिति : Aug 02, 2020
  • मनोरञ्जन शर्मा,

भैरहवा, १८ साउन । भैरहवामा आगामी शनिबार साइक्लिंग च्याम्पियनशीप हुने भएको छ । भैरहवाबाट प्रकाशित न्यूज ओके पत्रिकाको पाँचौ वर्ष प्रवेशको उपलक्षमा सिद्धार्थनगर सिटी साइक्लिंग च्याम्पियनशीप २०७७ आयोजना गर्न लागिएको हो ।

रुपन्देहीको सिद्धार्थनगर क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट पनि चिनाउने उद्देश्यले साइकल दौड आयोजना गर्न लागिएको पत्रिकाका प्रकाशन गृह पोर्ट मिडिया प्रालिका अध्यक्ष बिमल सेन्चुरीले बताए । साइकल दौड मानवीय स्वास्थ्य तथा वातावरणको कारणले पनि राम्रो भएकाले साइक्लिंग च्याम्पियनशीप आफैमा उत्कृष्ट प्रतियोगिता बन्ने बताए ।

४० किलोमिटरको दूरीमा राखिएको साइकल दौड प्रतियोगिता सि.न.पाबाट सुरु भई रोहिणी गा.पा., ओम सतीया गा.पा., तिलोत्तमा नगरपालिका, सियारी गा.पा. र मायादेवी गा.पा. हुदै पुन सि.न.पा.मा आएर अन्त्य हुनेछ ।

दौड धेरै लामो भएकाले सबै प्रकारका साइकल प्रयोग गर्न पाइने छैन । प्रतियोगिताको दूरी लामो र प्रतिस्पर्धात्मक भएकाले माउन्टेन बाइक साइकल चलाउन सकिनेछ ।

भैरहवा क्षेत्रका साथसाथै छिमेकी नगर तथा गा.पा.का साइक्लिस्टहरु सहभागी हुन पाउने अध्यक्ष सेन्चुरीले जानकारी दिए । दुई प्याटर्नमा आयोजना हुने यस दौडमा ४५ वर्ष मुनिका उमेर समूह र ४५ वर्ष माथिका उमेर समूहका व्यक्तिलाई समावेश गरिने पोर्ट मिडियाका प्रबन्ध निर्देशक विक्रम मल्लले बताए ।

साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य सारु मगरले दौडको माध्यमबाट खेल तथा पर्यटनको क्षेत्रमा सिद्धार्थनगरको पहिचान बढाउनुका साथै साइकल चलाउन सबैलाई आकर्षण गराउन समेत यस्ता प्रतियोगिता आयोजना हुनु पर्नेमा जोड दिए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले प्रतियोगिता रचनात्मक भएको र यसले रोजगारीका अन्य पाटाहरु पनि सिर्जना गर्ने बताए । सिद्धार्थ उद्योग बाणिज्य संघका का.बा. कम्तीमा ५० जनाको सहभागिता रहने यस दौडमा दुबै उमेरगत समूहका विजेतालाई नगद पुुरस्कार र ट्रफीले सम्मान गरिने छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com