१८ श्रावण २०७७, आईतवार
  • शितल भट्ट,

कञ्चनपुर, १८ साउन । दुई दशक वितिसक्दा पनि कञ्चनपुरका आरक्षपीडितले न्याय पाउन सकेका छैनन् । आरक्षपीडितको हकमा काम गर्ने छुट्टै आयोगबाहेक अन्य सुकुमबासीका नाममा गठन भएका आयोगहरु भत्ता खानका लागि मात्रै गठन भएका पीडितहरुको गुनासो छ ।

उनीहरुले जिल्लाभर आरक्षपीडितका अगुवाको बैठकबाट पीडितको समस्या समाधान गर्ने अधिकार सम्पन्न आयोग बाहेक अन्य आयोगको काम नभएको बताएका हुन् । आरक्षपीडितका अगुवा गोबिन्द नेपालीले लामो समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका पीडितको समस्या समाधानका लागि छुट्टै आयोग गठनको माग अघि सारेका छन् ।

‘हाम्रो समस्या अन्यको भन्द फरक प्रकृतिको छ ।’, उनले भने, ‘हामी जमीन हुँदाहुदै तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित गराइएको पीडित हौं । हामीलाई र सुकुम्बासीलाई एकै घानमा हाल्न मिल्दैन ।’

केही आरक्षपीडित बिरोधी समूहले सुकुमबासी, बसोबासी, लालपूर्जा विहीनलगायत र आरक्ष पीडितलाई एउटै घानमा राखेर समस्या समाधान नहुने बताउँदै वास्तविक पीडितको समस्या समाधान गर्न छुट्टै आयोगको माग अघि सारेका हुन् ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले पनि अधिकार सम्पन्न पीडितकै पक्षमा काम गर्ने आयोगको विकल्प नभएको बताए । ‘हामी पीडित छुट्टै प्रकृतिका छौँ । हाम्रो समस्या अरुलाई र अरुको समस्यामा हामीलाई हाल्न मिदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV