लकडाउन खुलेसंगै बन्जीजम्पमा रम्ने पर्यटक बढ्दै



प्रकाशित मिति : Aug 02, 2020
  • रबिना बोहरा

बागलुङ, १८ साउन । कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको लकडाउन खुलेसंगै बागलुङमा निर्माण भएको बन्जीजन्पमा पर्यटकहरुको आगमन बढ्दै गएको छ । साहसिक पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको बन्जीजम्प सञ्चालनमा नआएको भएपनि अवलोकन तथा घुमफिरका लागि पर्यटकहरु आउन थालेको लगानीकर्ताहरु बताउछन् ।‘द क्लिफप्रालि’ ले बागलुङको नारायणस्थान र पर्वतको कुश्माबजार जोड्नेगरी सिंगल स्पानको झोलुङ्गे पुलनिर्माण गरि बन्जीजम्प सञ्चालनमा ल्याएको हो । कुश्माबाट पारी घुमफिर गर्न होस् या पारीको गाउँ सम्मपुग्ने मानिसहरुलाई १ सय २० रुपैँया टिकट काटेर जान सक्ने व्यवस्था गरिएको छ । अहिले दैनिक रुपमा एक सय भन्दा बढी मानिसहरु आउने गरेको त्यहाँका कर्मचारी बाबुराम अधिकारीले बताउनु भयो ।बन्जीजम्पसंगै त्यहाँ जाने पर्यटकहरुका लागि खाने बस्ने तथा घुमफिर गर्ने स्थल पनि निर्माण गरिएको छ । १२ जना व्यक्तिहरुको २० करोडको लगानीमा निर्माण गरिएको बन्जीजम्प केही समयमा नै सुरु गर्ने लगानीकर्ताहरु बताउछन् । कोरोना भाइरसका कारण बन्जी सञ्चालनमा कठिनाई उत्पन्न भएको थियो । तर अझै पनि कोरोना भाइरस संक्रमणको त्रास नसकिएको हुँदा उच्च सतर्कता अपनाएर भएपनि बन्जीजम्प सञ्चालन गर्ने तयारी गरेको द क्लिफ प्रालिले जनाएको छ ।

बन्जी सुरु नहुदै अहिले बागलुङ, पर्वत, म्याग्दी, पोखरा लगायतका ठाउँबाट समेत मानिसहरु घुम्न आउन थालेको बताइएको छ । बागलुङ नगरपालिका—४ कुँडुँलेका बिजय आचार्यले लकडाउनको समयमा भएको मानसिक तनावलाई बिर्सन घुम्न आएको बताउनु भयो ।

स्थानीय संगै बाह्यपर्यटकहरु आउने सम्भावना नै कम भएपछि आम्दानी पनि नभएको भन्दै बन्जी सञ्चालनलाई लिएको ऋणको किस्ता तिर्न समेत समस्या भएको प्रालीका अध्यक्ष राजु कार्कीले बताउनु भयो । मासिक रुपमा अहिले मात्रै ३ लाख रुपैँयाको हाराहारीमा खर्च हुने भन्दै अध्यक्ष कार्कीले यो एसियाको नमुना पुल भएकाले सरकारले कर्जामा सहुलियत, यातायातको सुविधादिनुपर्ने अपेक्षा गरेका छन् ।

१२ जना युवाहरुको सक्रियतामा निर्माण भएको बन्जीजम्पमा अहिलेसम्म सरकारकातर्फबाट भने कुनै पनि सहयोग नभएको बताएका छन् । सरकारले अनुदान भन्दा पनि ऋणमा दिने सहुलियतमा सहयोग गर्न लगानीकर्ताहरुले माग गरेका छन् । बन्जीजम्पसँगै यस ठाउँमा साइक्लिङ, लठ्ठामा मच्चिने पिङ जस्तै खेल ९स्विङ० सहित रिसोर्ट समेत सञ्चालन गरिएको हो ।

स्वदेशी र विदेशीलाई मिलाएर शुल्क ताकेपछि बन्जी सुरु गर्ने योजना बनाएका छन् । बन्जी खेलविश्वकै साहसिक खेल भएकाले गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी माथिको भूभाग अति उपयुक्त भएकाले बन्जी जम्प निर्माण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com