प्रदेश १ मा २७ संक्रमित थपिए,७ जना भए डिस्चार्ज



प्रकाशित मिति : Aug 02, 2020
  • तारा आचार्य

विराटनगर, १८ साउन । विराटनगर स्थित कारागारका २ जना सहित प्रदेश १ मा आइतबार २७ जना संक्रमित थपिएका छ्न् भने ७ जना डिस्चार्ज भएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा।सुरेश मेहताले जानकारी दिनुुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २१ पुगेको छ ।
प्रदेश १ मा आइतबार १ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र २२ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com