१८ श्रावण २०७७, आईतवार
  • अभिमन्यू लामिछाने,

उदयपुर, १८ साउन । उदयपुरको बेलकामा प्रदर्शनकारी र प्रहरीबीच झड्प भएको छ । बेलका नगरपालिकाका स्थानीय जनप्रतिनिधि र कर्मचारीले आर्थिक अनियमति गरेको भन्दै कांग्रेस, जनता समाजबादी र राप्रपाका कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

नेकपाको बहुमत जनप्रतिनिधि रहेको बेलकामा जनप्रतिनिधिले भ्रष्टचार गरेको कांग्रेसको आरोप छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार एक जना प्रहरी घाइते भएका र अन्यको जानकारी नआएको बताए ।

‘नेकपा जनप्रतिनिधिले नगरपालिकाको आर्थिक अनियमितता गरेको कांग्रेसको आरोप रहेछ’, उनले भने, ‘कांग्रेसको माग छानविन हुनुपर्ने रहेछ । नेकपाले भने आफ्ना जनप्रतिनिधि बचाउ गर्न आन्दोलन गर्दा झडप भएको हो ।’

झडपमा नेपाल प्रहरीका जवान राजकुमार बुढाथोकी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ बेलका नगरपालिका ५ का ३७ वर्षीय रविन राई र बेलका ९ का ६२ वर्षीय महेन्द्रबहादुर निरौला घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV