वीरगन्जमा कालोबजारी मौलायो, महंगीको मारमा सर्वसाधारण



प्रकाशित मिति : Aug 02, 2020
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १८ साउन । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि वीरगञ्जमा विगत एक सातादेखि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना रोकथाम तथा न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा वीरगन्जमा कालोबजारी मौलाएको छ, जसले गर्दा सर्वसाधारण महंगीको चपेटामा पिल्सिन बाध्य भएका छन् ।

निषेधाज्ञा जारी गरिएको अवस्थामा प्रशासनले अत्याश्वयक सामग्रीलाई केही छुट दिइएको मौका छोपेर व्यापारीहरुले कालोबजारी तथा महंगीलाई प्रसय दिएका छन् । विशेष गरी किराना सामानको साथसाथै तरकारीको मूल्य आकाशिएको छ ।

यस अगाडि लकडाउनको बेला पनि किसानहरुको तरकारी खेतमै सुक्ने तथा कुहिने गरेको थियो । तर, यसपटक भने तरकारीको भाउ तीन गुणाले वृद्धि भएको छ । किराना सामान तथा फलफूहरुमा व्यापारीहरुले कालोबजारी गरिरहेका छन् ।

त्यस्तै, तरकारीमा पनि विचौलियाहरुले कालोबजारी गरिरहेका स्थानीयको गुनासो छ । वीरगञ्जमा केही दिन अगाडिसम्म १ केजीको ६० रुपैया पर्ने परवल अहिले प्रतिकेजी २ सय रुपैया पुगेको छ । प्रतिकेजी ३० रुपैया पाउने घिउरा, झिगनी अहिले ७० देखि ८० रुपैया केजी पुगेको छ ।

त्यस्तै, प्रतिकेजी ३० रुपैया पर्ने बोडीको मूल्य अहिले आकाशिएर प्रतिकेजी १ सय ५० रुपैया पुगेको छ । यता, फलफूलको मूल्यले पनि आकाश छोएको छ । प्रतिकेजी ५० देखि ६० रुपैया पर्ने आँप अहिले प्रतिकेजी १ सय ५० रुपैया पुगेको छ ।

प्रतिकेजी ६० रुपैया पर्ने स्याउ अहिले प्रतिकेजी १ सय ५० रुपैयासम्म पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com