१८ श्रावण २०७७, आईतवार
  • देवराज पन्त

मकवानपुर, १८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले क्षमता भन्दा बढी भार बोकेका दर्जन बढी ट्रकहरु नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १७ टन भार क्षमता भएका ट्रकले २६ टन भार बोकेर आएकोले नियन्त्रणमा लिएको जनाएको छ ।यातायात व्यवस्था विभागको भारबहन ऐन अनुसार क्षमता भन्दा बढी भार लिएर हिडेमा जरिवाना गरी बढी भएको भार मिलान गरेपछि मात्रै अघि बढ्न दिइने उल्लेख छ । ट्राफिकले नियन्त्रणमा लिएका ट्रकहरुलाई यातायात व्यवस्था कार्यालय, हेटौंडाले जरिवाना गर्न लागिएको नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताएका छन् ।

पूर्वी नेपालको बिराटनगरबाट सिमेन्टको क्लिङ्कर लिएर आएको सो ट्रक प्रदेश १ र प्रदेश २ का दर्जनौ प्रहरी चेक प्वाइन्ट भएरै आएको हो । तर दर्जनौ प्रहरी चेक प्वाइन्टले केही नगरी करिब ३ सय किलोमिटर पार गर्नुमा पोष्टमा रहेका प्रहरीको कार्यमाथि नै प्रश्न चिन्ह उठेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV