१८ श्रावण २०७७, आईतवार
  • जनकबहादुर साही

हुम्ला, १८ साउन । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रय सदस्य समेत रहनुभएका रोकायको पक्षघातका कारण निधन भएको हो ।

एक साता अघि घर बाहिर निस्कदा पक्षघात भएर सिकिस्त भएका रोकायाको उपचारको क्रममा सिमिकोटमा निधन भएको हो । उहाँ २ पटक नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्ष र १ पटक महासंघको केकन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँ हुम्ला उद्योग बाण्ज्यि संघको संस्थापक अध्यक्ष समेत रहनुभएको थियो । लामो समयदेखि सञ्चार कर्ममा रहेर समय बिताउनु भएका रोकाया बिभिन्न राष्ट्रिय मिडियाहरुमा आबद्ध हुनुहुन्थ्यो ।

पत्रकारीताका धरोहर रोकायालाई हुम्लामा पत्रकारिताका पिताको रुपमा मानिदै आउनुभएको थियो । उहाँको निधनको विषयलाई लिएर शनिबार साँझ साढे ७ बजे नेपाल पत्रकार महासंघ हुम्लाको आपत्कालीन बैठक बसि रोकायाको निधन भएकोमा शोक प्रस्ताब पारितगरेको महासंघ जिल्ला शाखा सचिव शाहीले जानकारी दिए । २०११ सालमा जन्मनुभएका रोकायाका श्रमती चार छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV