१८ श्रावण २०७७, आईतवार

एजेन्सी, १८ साउन । इटालियन सिरी ए च्याम्पियन युभेन्टस पराजित भएको छ । शनिबार राति सिजनको आफ्नो अन्तिम लिग खेलमा क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३-१ ले पराजित भएको हो ।

औपचारिक महत्त्व नभएको हुनाले रोनाल्डोलाई यो खेलमा आराम दिइएको थियो । युरोपेली च्याम्पियन्स लिग सुरु हुन ठीक अगाडि युभेन्ट्सले आफ्नो लय गुमाएको हो ।

रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु मैदान भएको खेलमा पाँचौ मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । २३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । डानिलोले रिकार्डो कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो ।

५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोडेको । पराजित युभेन्टस ८३ अंकमा रोकिएके छ । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV