गायक प्रदिप गैरेको व्यग्यात्मक तिज गीत सार्वजनीक (भिडियोसहित)



प्रकाशित मिति : Aug 02, 2020
  • सुमन कार्की

पाल्पा, १८ साउन । पाल्पाली सर्जक तथा गायक प्रदिप गैरेको व्यग्यात्मक तिजको कोसोली झिलिमिली हाम्रो नेपालमाको भिडियो सार्वजनीक भएको छ ।

गीतको भिडियोमा नेपालमा भएका यर्थात गतिविधिलाई व्यंग्य गर्दे प्रस्तुत गरीएको देख्न पाइन्छ । गीतमा स्वर तथा लय शब्द स्वयंम प्रदिप गैरेकै रहेको छ भने गीतमा सुरज सुर्यवंसी, तारा व.कार्की, विमल नेपालको वेजोड अभिनय देख्न सकिन्छ ।

गीतलाई आशिका प्रोडक्सन पाल्पाको युवट्युव मार्फत वजारमा ल्याइएको छ । गीतलाई पाल्पाली हाँस्य कलाकार शंकर घिमिरे ( पण्डित बा )ले निर्देशन गरेका छन् । गीतमा नृत्य निर्देशन राज राईले गरेका हुन् ।

प्रदिप गैरेले यस गीत सगै ३ वटा गीतमा आफ्नो स्वर भरेका छन् । यो गीतले देशमा भएका गतिविहरुलाई व्यग्य गर्दे भिडियो बनेको हुनाले अहिलेको युवा पुस्ता संगै वृद्धहरुको समेत मन छुने गायक गैरेको भनाई छ ।

भिडियाे हेर्नुहाेस्

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com