अवरुद्ध सडक खुलाउने क्रममा खसेको ढुङगाले लागेर एकको मृत्यु



प्रकाशित मिति : Aug 01, 2020
  • अमर काफ्ले

इनरुवा, १७ साउन । सुनसरीको चतरा बराहक्षेत्र सडक खण्डमा पहिरो पन्छ्याउने क्रममा खसेको ढुङगाले लागेर पैदल यात्रीको ज्यान गएको छ ।

पहिरो खसेर अवरुद्ध भएको सडक जेसीभीले खुलाउने क्रममा खसेको ढुङगाले लागेर पैदल यात्री भोजपुर घर भएका अन्दाजी २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङगा खसेको थियो । सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार ढुङगाले लागेर राईको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

मृतक राईसहित ७ जनाको समूह चतरा हुँदै पैदल घर तर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीको बताएको छ । प्रहरीले जेसीभी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com