गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी बुढालाई



प्रकाशित मिति : Aug 01, 2020

काठमाडौं, १७ साउन । बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ । शनिबार गृहले मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो ।

केही दिन अगाडि मात्रै मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएका थिए ।

त्यसपछि मन्त्रालयका शान्तिसुरक्षा महाशाखा र प्र्रवक्ता रिक्त रहदै आएको थियो । यसअघि बुढा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रुपमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com