नारायणी बायोधा अस्पतालमा दोस्रो संक्रमित महिलाको पनि मृत्यु



प्रकाशित मिति : Aug 01, 2020
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा), १७ साउन । वीरगञ्ज गण्डकस्थित नारायणी बायोधा अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६८ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा.निरज सिंहले जानकारी दिए ।

निमोनिया पीडित उक्त महिला यही साउन १४ गते नारायणी बायोधा अस्पतालमा भर्ना भएकी थिइन् । तर, उपचारको क्रममा साउन १७ गते (आज, शनिबार) साँझ ६ बजे उनको मृत्यु भएको हो ।

उपचारकै क्रममा कोरोनाको लक्षण देखिएपछि साउन १५ गते उनको स्वाब संकलन गरी नारायणी अस्पतालको ल्याबमा परीक्षण गर्दा साउन १६ गते (हिजो) उक्त महिलामा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि उनलाई नारायणी अस्थायी कोभिड अस्पतालमा रेफर गरिएको थियो ।

तर, कोरोना अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको कोभिड अस्पतालका इन्चार्ज सिंहले जानकारी दिए । मृतक महिलाको शव दाहसंस्कारको लागि नेपाली सेनाको जिम्मा लगाउने कार्य भइरहेको बताइएको छ ।

शुक्रबार राति सोही अस्पतालमा उपचाररत ५० बर्षीया संक्रमित एक महिलाको पनि मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com