१७ श्रावण २०७७, शनिबार
  • ज्योति पन्थी,

बर्दिया, १७ साउन । सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका गन्दर्भहरुको बस्तीमा राहत पुगेको छ । कोरोना महामारी रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि जीविकोपार्जन गर्न धौधौ परिरहेको अवस्थामा दलित महिला संघ, बर्दियाले गन्दर्भ बस्तीमा राहत सामग्री पु¥याएको हो ।

लकडाउनका कारण गन्दर्भहरुको अवस्था झन पीडादायी बन्दै गएपछि बर्दियाको बढैयाताल गाँउपालिका–४ मा रहेको गन्दर्भ बस्तीमा दलित महिला संघले राहत वितरण गरेको हो ।

सीमान्तकृत गन्दर्भहरुको दयनीय अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गरिएको संघकी अध्यक्ष हीमा सुनारले बताइन् ।

उक्त संस्थाले बढैयाताल गाँउपालिका–४ का वडा अध्यक्ष कर्ण बहादुर थापाको रोहवरमा प्रतिघर ३० किलो चामल, ३ किलो दाल, डेढ लिटर खाने तेल, साबुनलगायतका सामग्री गन्दर्भ बस्तीमा वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV