महाकालीको उर्लदो भेलमा दाउरा संकलन : भोको पेटले निम्त्याएको साहस (भिडियो)



प्रकाशित मिति : Aug 01, 2020
  • सुरेश भट्ट,

कञ्चनपुर, १७ साउन । कञ्चनपुरको महाकाली नदीमा बाढी आउना साथ दाउरा संकलन गर्नेहरुको भीड लाग्ने गरेको छ ।

दैनिक सयौंको संख्यामा युवाहरु ज्यानै जोखिममा राखेर नदी किनारमा दाउरा निकाल्न व्यस्त देखिन्छन् । लकडाउनसंगै रोजगारी गुमेपछि उनीहरु उर्लदो भेलमा हामफाल्दै दाउरा संकलन गर्न बाध्य छन् ।

अहिले महाकाली नदीमा दैनिक सयौंको संख्यामा दाउरा संकलन गर्न पुग्ने गर्छन् । जव वर्षा हुन्छ र नदीको सतह बढ्छ, उनीहरु नदी किनारमा पुग्छन् ।

अनि भंगालोमा पौडिदै दाउरा संकलन गर्छन् । संकलन गरिएको मुढा चिरेर उनीहरुले दाउरा बेच्ने गरेका छन् । लकडाउनका कारण घर खर्च चलाउन पैसा नभएपछि गुजाराकै लागि जोखिम मोल्न बाध्य बनेको उनीहरु बताउँछन् ।

महाकालीको भेलमा बगेर आउने मुढामा उनीहरु आफ्नो खुसी देखिरहेका छन् । धेरै मुढा र दाउरा झिक्नसके राम्रो आम्दानी गर्न सकिने भन्दै उनीहरु यो दुषित पानीमा पौडिरन्छन् ।

उर्लदो भेलमा हाम फाल्दै दाउरा झिक्नु रहर नभई उनीहरुको बाध्यता हो । दैनिकी चलाउन गर्नुपर्ने यो कामले अप्रिय दुर्घटना निम्तिन सक्छ । तर, हातमुख जोर्ने विकल्प नभएपछि जोखिम मोल्न बाध्य छन्, स्थानीय ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com