जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने बडिमालिकाको महत्व अनुपम (भिडियो)



प्रकाशित मिति : Aug 01, 2020
  • निमेन्द्र शाही,

बाजुरा, १७ साउन । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको अलगै सांस्कृतिक महत्व छ । जनैपूर्णिमाको अघिल्लो दिन यहाँ मेला लाग्ने गर्दछ ।

बाजुरा जिल्लामा पर्ने यो मन्दिरमा डोटी र जुम्लाबाट सरकारी टोली पूजा सामग्री लिएर जाने परम्परा रहँदै आएको छ । यसवर्षका लागि पनि सरकारी टोली पूजाका लागि बडिमालिका पुग्ने छ ।

सरकारी टोलीद्वारा औपचारिक रुपमा पूजा गर्नु पर्ने परम्परा अनुसार पूजाटोली वडिमालीका प्रस्थान गरेको हो ।

डोटीबाट सरकारी टोली बडिमालिका प्रस्थान गरेको दिन जिल्लाका सरकारी कार्यालयमा विदा दिने परम्परा समेत रहेको छ । प्रसिद्ध धार्मिक स्थल बडिमालीकासंगै बडीनन्दा र स्वार्मीकार्तिकको पनि अलगै महत्व रहेको छ ।

स्कन्दपुराणमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सतीदेवीले प्राण त्याग गरेको उल्लेख छ । सतीदेवीले प्राण त्याग गरेपछि महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पदयात्रा क्रममा मल्लगिरी पर्वतमा बायाँ अंग पतन भएको विश्वास गरिदै आइएको छ ।

सोही स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडिमालीमा शक्तिपीठ स्थापना गरिएको किंबदन्ती छ ।
वडिमालिका मेलामा बाजुरा जिल्ला प्रशासनले यस वर्ष सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीको टोली पनि खटाएको छ ।

धार्मिक दृष्टिले महत्वपूर्ण मानिने बडिमालिकामा सडक र बाटोको सुविधा नहुँदा भक्तहरुलाई भने यात्रामा सकस पर्ने गरेको छ । बडिमालिकाको दर्शन गर्नाले सिद्धि प्राप्त हुँने र मनोकांक्षा पुरा हुँने विश्वास गरिन्छ ।

१४ हजार फिटको उचाइमा रहेको वडिमालीमा धार्मिक मात्र नभएर प्राकृतिक सुन्दरताका दृष्टिले पनि अनुपम मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com