जर्मनीमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार नाघ्यो



प्रकाशित मिति : Aug 01, 2020

एजेन्सी, १७ साउन । जर्मनीमा कोरोना भाइरस संक्रमणको घटना २ लाख १० भन्दा बढि पुगेको छ ।जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांकाका अनुसार जर्मनीमा कोरोना संक्रमणको कुल संख्या २ लाख १० हजार ३ सय ९९ पुगेको छ। समाचार एजेन्सी रोयटर्सले रोबर्ट कोच इन्स्टिच्यूटको उद्धृत गर्दै पछिल्लो चौबीस घण्टामा त्यहाँ ९ सय ५५ कोरोना संक्रमणको घटनाहरू रिपोर्ट गरिएको छ ।

जर्मनीमा कोरोनाबाट हालसम्म ९ हजार १ सय ४८ व्यक्तिले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com