१७ श्रावण २०७७, शनिबार
  • सुमन कार्की,

पाल्पा, १७ साउन । लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्गमा पहिरो मात्र हैन, सडकसमेत भासिन थालेको छ । सिद्धार्थ राजमार्गमा पर्ने तिनाउ गाउँपालिका–३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने सडक भासिएको हो ।

अविरल वर्षाका कारण पिच सडक चिराचिरा परेर भासिएको हो । यस सडकखण्ड हुँदै पाल्पा, बुटवल, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, कास्कीलगायतका ठाउँमा ठूला मालवाहक सवारी चल्ने गर्दछन् ।

विहीबार समान्य भासिएको राजमार्ग शनिबार थप भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीले बताए । उनका अनुसार ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नभएकोले चारपाङग्रे हलुका सवारीबाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको गिरीले जानकारी गराए ।

अर्को सूचना जारी नभएसम्मका लागि शनिबार दिउँसोदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो । मालबाहक ट्रक, बससहितका ठूला सवारी साधनलाई यो सडकखण्ड हुँदै आवतजावत गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV