लकडाउनको पूर्ण पालना गरेर कोरोना फैलन नदिन चिकित्सक संघ कोशीको आग्रह



प्रकाशित मिति : Aug 01, 2020
  • तारा आचार्य

विराटनगर, १७ साउन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विराटनगर लगायत प्रदेश नम्बर १ समेत तीब्र गतिमा फैलिरहेको हुनाले सम्पूर्ण जनताले आफै सचेत रहन र लकडाउनको पालना गर्न नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले आग्रह गरेको छ ।यस संक्रमणको चेनबाट चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिरहदा अब कोभिड १९ को संक्रमण समुदायसम्म पुगि सकेको हुनाले सवैले आफै सचेत हुने अवस्था आएको सो संघका अध्यक्ष डाक्टर फरवड सिलवालले बताउनु भयो । उहांले कोभिड संक्रमितहरुमा लक्षण समेत नदेखिने भएकाले यस महामारीलाई भयावह हुन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि दुई साताका लागि विराटनगर महानगरपालिकाले महानगर क्षेत्र भित्र लकडाउनको घोषणा गरेको हुनाले यसको पालना गर्न सवैमा अनुरोध गर्नु भएको छ ।

कोभिड १९ को संक्रमण भए पछि १४ दिन सम्ममा भाईरस आफै बिस्तारै निष्क्रिय हुदै जाने भएकाले यस लकडाउन अवधि भर लकडाउनको पुर्ण पालना गर्दै धर्य धारण गरी घरमै क्वारेन्टाइनमा बसि समुदायमा संक्रमण फैलिन नदिनका लागि सहयोग गरिदिनु हुन सम्पुर्ण सर्वसाधारण जनताहरुमा नेपाल चिकित्सक संघ कोशी अंचल शाखाले हार्दिक अपिल समेत गरेको छ ।

हाल चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पुर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजि क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधि मार्फत विरामीहरुलाई स्वास्थय परामर्श प्रदान गरिदिनु हुन समेत सो साखाले अनुरोध गरेको बताएको छ ।

नेपाल चिकित्सक संघ कोशी अंचल शाखाले सम्पूर्ण सर्वसाधारण जनताहरुमा पनि हाल यस विषम परिस्थितिलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका अन्य सेवाका लागि स्वास्थ्य केन्द« नजानका लागि समेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com