१७ श्रावण २०७७, शनिबार

काठमाडौं, १७ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गर्नु भएको छ ।शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा पुगेको खतरा पनि उहाँले औंल्याउनु भयो । प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात लेभल ४ मा पुगेको पनि उहाँको निष्कर्ष छ ।

सरकारले कोरोना समूदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महशुस गराउन नसकेको पनि उहाँको गुनासो छ । उहाँले भन्नुभयो,‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्नेथिए ।’

उहाँले कोरोनाबाट बच्ने उपायमा मुख्य कुरा भनेको मानवीय व्यवहार नै रहेको ब बताउदै भन्नुभयो ,‘मानवीय व्यवहार नै मुख्य कुरा हो । अर्को भनेको सर्भेलियन्स नै हो । निगरानी बढाउने । परीक्षणको दायरा बढाउनुपर्छ ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्ने थियो भन्ने उहाँको भनाइ छ ।

उहाँले दैनिक १२ हजारदेखि १५ हजारसम्म पीसीआर परीक्षण गरिनुपर्ने बताउनुभयो । उहाँले नेपालका अस्पतालमा बेडको कमि रहेको पनि बताउँदै सरकारलाई बेड बढाउनेतिर ध्यान दिन सुझाव दिनुभयो । उहाँले अब सरकारले गौंडा ढुक्नुपर्र्ने बेला आएको पनि पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV