दक्षिण कोरियामा कोरोनाबारे सूचना लुकाएको आरोपमा एक पक्राउ



प्रकाशित मिति : Aug 01, 2020

एजेन्सी, १७ साउन । दक्षिण कोरियाका अधिकारीहरूले कन्ट्याक्ट ट्रेसिङबाट कोभिड १९ संग सम्बन्धित जानकारी लुकाएको आरोपमा एक गुप्त ईसाई सम्प्रदायका संस्थापकलाई हिरासतमा लगिएको छ ।ली मान हे नामको व्यक्ति शिन्चिन्जी चर्चसँग सम्बन्धित छन् । उनलाई धेरै प्रभावशाली मानिन्छ। दक्षिण कोरियामा संक्रमणको ५ हजार २ सय कोरोना संक्रमितको घटना उक्त चर्चसँग जोडिएको जनाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अभियोजन पक्षले ८९ वर्षीय ली र उनका अन्य साथीहरूलाई सूचना लुकाएको आरोप लगाएको छ। जब दक्षिण कोरियामा संक्रमण भएका घटनाहरू चरम सीमामा थियो उक्त समय दुई लाख अनुयायीहरूबीच सही जानकारी नदिएको आरोप लगाइएको छ ।

योन हप न्यूज एजेन्सीको एक रिपोर्ट अनुसार लीले आफ्ना अनुयायीहरूलाई कोरोना भाइरस संक्रमणको कारणको बारेमा गलत जानकारी दिए र अधिकारिकहरूबाट समुदायको भेलामा सामाजिक दूरीका नियमहरूको बारेमा तथ्य लुकाए।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com