काठमाडौं उपत्यकामा शनिबार थप ६ जनामा संक्रमण, उपत्यकामा कुल संक्रमित ५ सय ८२ पुगे



प्रकाशित मिति : Aug 01, 2020

काठमाडौं, १७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्ला केही दिन देखि संक्रमितको संख्या उल्लेख्यरुपमा थपिने क्रम निरन्तर रहेको समयमा शनिबार भने ६ जनामा मात्र संक्रमित फेला परेका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं ६ उपत्यकामा संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा र संक्रमणको पुष्टि भएको छ । यस्तै नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अुनसार काठमाडौंमा ४ सय २७, ललितपुरमा ९७ र भक्तपुरमा ५८ संक्रमित गरी कुल उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ८२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com