१७ श्रावण २०७७, शनिबार

काठमाडौं, १७ साउन । चिनिया राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई नयाँ उचाई दिन तयार रहेको बताउनुभएको छ ।

राष्ट्रपति सीले नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताउनुभएको हो ।

सन्देशमा उहाँले दुई मुलुक (नेपाल र चीन)का जनताहरुलाई फाइदा पु¥याउने र विकासमा सकारात्मक योगदान दिने बताउनुभएको छ ।

राष्ट्रपति सीको सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एक–अर्कालाई सम्मान र समान व्यवहार गरिरहेको उल्लेख गरिएको छ । त्यस्तै, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको पनि उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले पनि राष्ट्रपति सीलाई बधाई सन्देश पठाउनुभएको छ । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV