कोरोनाबाट सबैभन्दा धेरै ज्यान गुमाउनेमा मेक्सिको तेस्रो स्थानमा



प्रकाशित मिति : Aug 01, 2020

एजेन्सी, १७ साउन ।  मेक्सिको कोरोना भाइरसबाट ज्यान गुमाउने व्यक्तिहरूको संख्याको हिसाबले विश्वको तेस्रो स्थानमा पुगेको छ।

मेक्सिकोमा अहिलेसम्म ४ लाख २४ हजार ६ सय ३७ कोरोना संक्रमित पुगेको छ । त्यहाँ ४६ हजार ६ सय ८८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो भन्दा अगाडि बेलायत तेस्रो स्थानमा थियो, जहाँ ४६ हजार २ सय ४ जनाले ज्यान गुमाएका थिए ।

विश्व स्वास्थ्य संगठनले यो महामारीको प्रभाव आउन दशकौंसम्म रहने चेतावनी दिएको छ । मेक्सिकोका प्रशासनिक अधिकारीहरूले भनेका छन,  ‘मेक्सिकोमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या हालसम्म रिपोर्ट गरिएको घटना भन्दा बढी छ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com