दुई दिने ‘अनलाइन स्विमिङ्ग लेभल १ कोर्स’ सुरु



प्रकाशित मिति : Aug 01, 2020

काठमाडौं, १७ साउन । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबार (आज)बाट सुरु भएको छ ।

प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण विधि र पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ ।

कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धी बिशेष ज्ञान प्रदान गर्नेछ ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।

शनिबार र आइतबार दुई दिन सञ्चानल हुने कोर्समा ट्राईयाथलन र पौडीसँग सम्वन्धित २५ प्रशिक्षकहरुले विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म अनलाइन कोर्समा सहभागिता जनाइरहेका छन् ।

नेपालमा पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्न अनलाइन मार्फत् प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलो पटक हो । प्रशिक्षार्थीहरुलाई वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाइन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् ।

वल्र्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।

कोर्सबाट पौडी सम्वन्धी नयाँ ज्ञान प्राप्त भएको र लामो दूरीको पौडी प्रशिक्षणले आगामी दिनमा पौडी खेलाडीहरुको स्तर बृद्धि गर्न मद्धत पुग्ने र नयाँ खेलाडीहरु उत्पादनमा निकैनै ठूलो कोशेढुङ्गा सावित हुने प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com