इंग्ल्याण्डमा लकडाउनमा रहेकालाई घर बाहिर जान दिइने



प्रकाशित मिति : Aug 01, 2020

एजेन्सी, १७ साउन । इंग्ल्याण्डमा कोरोना भाइरसको डरले घर भित्र राखिएका मानिसहरुलाई अफिसमा जान अनुमति दिइने भएको छ । कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका कारण घरभित्र थुनिएका उनीहरुलाई अब त्यहाँ घर बाहिर जान दिने निर्णय गरिएएको छ ।इंग्ल्याण्ड, स्कटल्यान्ड र उत्तरी आयरल्याण्डका कोरोनाको उच्च जोखिम रहेका २० लाख मानिसहरुले अब आइसोलेशनमा रहन नपर्ने भएको जनाइएको छ । तर केहि व्यवसायहरू बन्द नै रहने बताइएको छ । इंग्ल्याण्का मुख्य चिकित्सा अधिकारीले लकडाउन प्रतिबन्धहरूलाई छूटका लागि अधिकतम सीमामा पुगेको चेतावनी दिएका छन् ।

प्रोफेसर क्रिस ह्विट्टीले भनेका छन्, ‘हामी सबै जना एकसाथ कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सक्छौं भन्ने गलत छ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com