१७ श्रावण २०७७, शनिबार

काठमाडौं, १७ साउन । शान्तिपूर्ण प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन हिँडेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले शशिविक्रम कार्की, विजयबाबु सिवाकोटी, भावना राउतलगायत २० जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको बताइएको छ ।

केही दिनदेखि कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले प्रदर्शन गर्दै आएको छ ।

तस्वीर : महेश्वर केसी/न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV