१७ श्रावण २०७७, शनिबार
  • युवराज श्रेष्ठ,

रामेछाप, १७ साउन । रामेछापको मन्थली नगरपालिका–८ चिसापानी र रामेछाप नगरपालिका–२ देउरालीका दर्जनौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै नेकपा त्यागेर काँग्रेसमा प्रवेश गरेका युवाहरुको भनाइ छ ।

रामेछाप नगरपालिका–२ देउरालीमा रमेश पौडेलको नेतृत्वमा १२ जना युवा तथा मन्थली नगरपालिका–८ का टेकबहादुर मगर, ओमबहादुर मगर, अर्जुन नेपाली, कालुमान माझी, बाशुदेव ढुङ्गेल लगायत ४८ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस रामेछापका नेता रत्नहरी ढुंगेलले जानकारी दिए ।

नवप्रवेशिलाई नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV