१७ श्रावण २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, १७ साउन । विराटनगर महानगरपालिका भित्र एक सातामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै बढेपछि महानगरले लकडाउनको घोषणा गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेको हुनाले महानगरपालिकाले प्रदेश सरकारसंग पीसीआर टेष्टको दायरा बडाउन माग समेत गरेको छ ।

विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले पछिल्लो समय विराटनगरभित्र संक्रमितको संख्यामा बृद्धि भएको हुनाले संक्रमण नियन्त्रणको विकल्पनै लकडाउन भएकाले महानगरपालिका लकडाउन गरिएको जानकारी दिनु भएको छ । उहाँले पहिलेको अवस्थामा क्वारेन्टाइनमा राखिएका र बाहिरबाट आएकाहरुमा मात्र संक्रमण देखिएको भए पनि यतिबेला स्थानीयहरुमा संक्रमण देखिन थालेको हुनाले सवैले आफै सचेत हुन आग्रह गर्नु भएको छ । उहाँले जोकोही वाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न र सेनिटाइजर प्रयोग गर्न साथै सामाजिक दुरी कायम गर्न सवैमा सुझाव दिनु भएको छ ।

उहाँले प्रदेश सरकारले पीसीआर टेष्टको दायरा बढाउनु पर्ने र संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पीसीआर टेष्ट गर्नुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको मात्र पीसीआर टेष्ट गरेको र उनीहरुको परिवारको पनि टेष्टमा वेवास्ता गरेको भन्दै प्रदेश सरकारले संक्रमितको सम्पर्कमा आएका सवैको टेष्ट गर्नुपर्ने बताउनु भयो ।

महानगरपलिका भित्र स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र स्थानीयहरुमा संक्रमण देखिन थाले पछि प्रत्येक घरको एकजनाको पीसीआर टेष्ट गर्ने सोच महानगरको रहेको उपमेयर कार्कीले जानकारी दिनु भयो । उहाँले टेष्ट किट उपलब्ध नभएका कारण प्रदेश सरकारसंग माग गरिएको र चाँडै महानगरपलिका भित्र शंकामा आएका सवै जनाको पीसीआर टेष्ट गरिने बताउनु भयो ।

उहाँले स्थानीयहरुलाई कोरोनाको बारेमा चेतना भएपनि कोरोनाबाट नडराएको हुनाले धेरै भीडभाड हुने भएकाले र संक्रमण धेरै फैलिनबाट रोक्न र नियन्त्रण गर्नको लागि लकडाउनको अवस्था आएको जानकारी दिनुभयो । उहाँले यस अघिनै महानगरपालिका भित्र भीडभाड हुने सेवाहरु बन्द गरिसकेको बताउनु भयो । उपमेयर कार्कीले नगरबासीहरुलाई अत्यावश्यक काम बाहेक बाहिन ननिस्किन आग्रह गर्नु भएको छ । उहाँले आफु बचौर अरुलाइ बचाँउ भन्दै कोरोना नियन्त्रणको लागि नगरवासीहरुमा संक्रमण फैलिन नदिनको महानगरपलिकाले लकडाउन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV