पीएसजी बन्याे फ्रेन्च लिग कपको च्याम्पीयन



प्रकाशित मिति : Aug 01, 2020

काठमाडौं, १७ साउन । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो ।

निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो । जसमा पीएसजीले ६ गोल गरेको थियो भने लियोनले ५ गोल मात्र गर्न सफल भयो । पीएसजीका सबै खेलाडीले गोल गरेका थिए । उता लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टीमा चुक्दा उसले हार बेहोर्नु परेको थियो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । लियोनका राफयलले एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीलेलाई रातो कार्ड दिएका थिए । त्यसपछि ११९औं मिनेटमा राफयल मैदान बाहिरिए । अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com