१६ श्रावण २०७७, शुक्रबार

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थप्नुभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले यसबारे प्रतिक्रिया दिनु भएको छ ।पौडेलले पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा भ्रातृ संगठनको म्याद थपेर आन्तरिक लोकतन्त्रको धज्जी उडाउने प्रतिकृया दिनुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भ्रातृसंस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदै छ।’पौडेलले अगाडि लेख्नुभएको छ , ‘लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिडेकाहरूलाई
गम्भीर हुनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV