१६ श्रावण २०७७, शुक्रबार
  • रोसन दानी

१६ साउन काठमाडौं ।  तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख कृष्णकान्त उपाध्याय घुससहित रङ्गेहात पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले प्रशासकीय प्रमुख उपाध्यायलाई चन्द्रागिरिको नागढुङ्गावाट घुससहित रङ्गेहात पक्राउ गरेको हो ।  उनी दाङबाट बा २ झ ४०९० नम्बरको ब्रेजा गाडीबाट काठमाडौं आएका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले खानतलासी गर्दा घुसबापत लिएको रकम १ लाख २४ हजार ७ सय ५६ रूपया नगद सहित १४ लाख बराबरको बैंक डिपोजिट रसिद र तीन थान मोवाईल सहित बरामद गरेको छ ।

घुस रकम लिएको सुराकीको आधारमा अधिकारीलाई बुट्वलदेखि ट्र्याक गर्दै अन्तत नागढुङ्गा नाकामा रोकि खोजतलास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV