१६ श्रावण २०७७, शुक्रबार

काठमाडौं, १६ साउन । वीरगञ्जमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सांसद प्रदीप यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । सांसद यादवले प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै वीरगञ्जमा ५०० शय्याको कोरोना अस्पताल स्थापना गरिदिन आग्रह गर्नुभएको हो ।

पाँच सय बेडको अस्पताल भएमा बारा, रोतहट, पर्सालगायतका कोरोना संक्रमितहरुलाई व्यवस्थापनका लागि सहयोग पुग्ने सांसद यादवको भनाइ छ । जसको लागि नेसनल मेडिकल कलेज शिक्षण अस्पताल सबैभन्दा उत्तम विकल्प भएको उनको ठहर छ ।

त्यस्तै, सांसद यादवले वीरगञ्जमा कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न केन्द्रबाट विज्ञसहितको विशेषज्ञ टोली पठाउन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV