१६ श्रावण २०७७, शुक्रबार

एजेन्सी, १६ साउन । फ्रान्समा कोरोना भाइरसको कारण अर्थतन्त्रमा गिरावट आएको छ । त्यहाँ १३.८ प्रतिसत गिरावट आएको जनाइएको छ ।अमेरिका र जर्मनीपछि फ्रान्सको अर्थतन्त्रमा अहिले ठूलो गिरावट आएको बताइएको छ। फ्रान्समा निर्यात, लगानी र उपभोक्ता खर्च एकदमै ह्रास भएको छ। यी तथ्यांक सार्वजनिक गर्ने एजेन्सीले भनेको छ, अप्रिल महिना फ्रान्सको लागि सबैभन्दा खराब थियो।

फ्रान्समा पछिल्ला तीन क्वार्टरमा आर्थिक मन्दी आएको तथ्यांकले देखाएको छ । फ्रान्स बाहेक स्पेन पनि कोरोना भाइरस महामारीको कारण आर्थिक मन्दीको चपेटामा छ। स्पेनको अर्थतन्त्र पनि बाँकी देशहरु भन्दा बढी गिरावट आएको छ।

यस वर्षको दोस्रो क्वाटरमा स्पेनको जीडीपी २० प्रतिशतले घटेको जनाइएको छ । यो गिरावटको आंकडा पहिले अनुमान गरिएको भन्दा खराब छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV