अर्को पक्षलाई सभापति ‘जी’माथि प्रश्न उठाउँदा महाधिवेशनमा फाइदा पुग्ला : काँग्रेस नेता महत



प्रकाशित मिति : Jul 31, 2020

काठमाडौं, १६ साउन । १४ औं महाधिबेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासँग संस्थापन इतर समूह असन्तुष्ट बनेको छ ।

संस्थापन इतर समूहले महाधिवेशन तोकिएपछि पनि आचरसंहिता विपरित सभापति देउवामाथि विभाग गठन, आफूखुसी मापदण्ड विपरित क्रियाकलाप, क्रियाशील सदस्यता वितरणमा लागेको आरोप लागेको छ ।

यसै विषयमा कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले एक समूहले अर्को समूहलाई आरोप–प्रत्यारोप लगाउनुलाई महाधिबेशनको संज्ञा दिनुभएको छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा बोल्दै उहाँले भन्नुभयो, ‘यस विषयलाई लिएर पार्टी सभापतिले सम्बोधन पनि गर्नुभयो, आफ्नो कुरा राख्नुभयो । वास्तवमा आवश्यक थिएन । तर, पनि अधिवेशन नजिकिदैछ, र अर्को पक्षले सभापति जी’लाई प्रश्न उठाएर फाइदा हुन्छ, भन्ने लागेको होला सायद ।’

उहाँले थप्नुभयो, ‘जुन विषयवस्तु उहाँहरुले उठाउनुभएको छ, जस्तो कि विभाग भनेको सभापति जी’ले आफ्नो स्वविवेकले बनाउन सक्ने व्यवस्था विधानमा छ । तर, पनि उहाँले आफैले बनाउन सक्ने भएपनि पार्टीका सबै सिनियर नेताहरुको भावना बुझेर नै विभागलाई पूर्णता दिन्छु भनेर लामो समयसम्म कुराकानी गर्नुभयो ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com