१६ श्रावण २०७७, शुक्रबार
  • वसन्त खतिवडा,

बारा, १६ साउन । छिमेकी जिल्ला पर्सामा समुदाय स्तरबाट कोरोना संक्रमणको जोखिम बढेपछि बारामा पनि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

छिमेकी जिल्ला पर्सामा समुदाय स्तरमा र बारामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढेपछि बारा जिल्लालाई आइतबार बिहान पाँच बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाराले बिज्ञप्ती मार्फत जनाएको छ ।

छिमेकी जिल्ला पर्सामा समेत निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको छ ।

यस अघि जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुने देखिएकोले स्थानीयवासीले निषेधाज्ञा जारी गर्दै एक घर एक पीसीआर परीक्षणका लागि स्थानीय प्रशासनसँग माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV