१६ श्रावण २०७७, शुक्रबार
  • हिक्मत रावल,

कैलाली, १६ साउन । अविरल वर्षाका कारण १०८ फिट अग्लो शिवपुरी उत्तर रामेश्वरम् ज्योतिलिंगधाम पनि डुबानमा परेको छ । डुबानका कारण भक्तजनहरु धामसम्म पुग्न सकेका छैनन । मन्दिरका पूजारी डुबानले गर्दा मन्दिर परिसरमा बसेका माताहरु र अन्य भक्तजनलाई समस्या भएको बताउँछन् ।

वर्षाले कैलालीमा ठूलो धनजनको क्षति गरेको छ । टीकापुर, भजनी, जोशीपुर, जानकी गाउँपालिका लगायत अधिकांश ठाउँमा बाढीले क्षति प्रयाएको छ । भजनी नगरपालिकाका तीन जना स्थानीय बाढीमा वेपत्ता भएका थिए ।

ती मध्ये दुई जनाको शव फेला परेको छ भने एक जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । कैलालीको दक्षिणपूर्वी क्षेत्रमा मात्रै तीन हजार भन्दा मानिसहरु विस्थापित बनेका छन् ।

यता धनगढी उपमहानगरपालिका अधिकांश वडाहरुमा पनि डुबानमै रहेका छन् । ढल निकास नहुनु र प्राकृतिक खोलानालाको वहाव रोकिदा डुबानको समस्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV