१६ श्रावण २०७७, शुक्रबार
  • रोशन दानी,

काभ्रे, १६ साउन । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले ‘कर्तव्य ज्यान मुद्दा’का फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोट कैदीटोल बस्ने ५४ वर्षीय कामी सिंह तामाङको हत्या गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा दिएको हो ।

यही साउन १५ गते बिहान काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर १० बेलास्थित वीपी राजमार्ग सडकखण्डबाट पाँचखाल जाने भित्री कच्ची सडकमा नामथर वतन नखुलेको पुरुष ब्यक्तिको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले तत्काल कार्यालय प्रमुखसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । डीएसपी थापाले भने, ‘मृतकको टाउ, अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । अनुहार समेत नचिनिने अवस्थामा थियो ।’

प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा का.प.जि. धुलिखेल नगरपालिका वडा नं. ११ बस्ने सन्जिव मैनाली र ऐ.ऐ. बस्ने बर्ष २३ को रुपेन्द्रमान लामाको संलग्नता रहेको पाइएको छ । उनीहरुले पेटीले तामाङको घाँटीमा बाँधेर घिसार्दै ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।

परार रहेका रुपेन्द्रमान लामालाई धुलिखेलबाट विहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, सञ्जिब मैनालीलाई विहीबार राति ललितपुरको महालक्ष्मी नगरपालिकाबाट नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV