१६ श्रावण २०७७, शुक्रबार

काठमाडौं, १६ साउन । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा गरिएको परीक्षणमा धमाधम कोरोना पोजिटिभका घटनाहरु देखिन थालेका छन् ।

गत शनिबारदेखि काठमाडौं प्रवेश गर्ने बिभिन्न नाकाहरुमा सरकारले पीसीआर परीक्षणको व्यवस्था गरेसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्यामा पनि बृद्धि हुन थालेको छ ।

‘बिहीबार हामीले गरेको परीक्षणमा अधिकांश काठमाडौं प्रवेश गर्ने नाकाहरुमा संकलित नमुनाहरु थिए , केही सुदरपश्चिमका पनि थिए, जसमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले न्यूज २४ लाई बताउनु भयो ।‘उहाँले केहीलाई छोडेर यी सबै नाकाका परीक्षणहरु हुन । ’ उहाँले नाकाबाट आएका मात्र ३५ भन्दा बढीमा कोरोना पोजिटिभ देखिएको पनि प्रष्ट पार्नुभयो ।

काठमाडौं उपत्यका भित्रनेसाँगा, फर्पिङ र थानकोट नाकाबाट ३ हजार ७ सय १३ जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षण गर्दा उक्त संख्याका मानिसमा कोरोना पोजिटिभ देखिएको हो । सरकारले गत शनिबार यता मात्र नाकाबाट भित्रने १० हजार बढीको स्वाब संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV