१६ श्रावण २०७७, शुक्रबार
  • दान बहादुर बुढा,

जुम्ला, १६ साउन । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्र जनै पूर्णिमाको अवसरमा पूजा आजा गर्न रोक लगाइएको छ ।

गाउँपालिका अध्यक्ष नरवीर रावतका अनुसार कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि कनकासुन्दरी गाउपालिकाभित्र रहेका दर्जनौं मठ मन्दिरमा जनै पूर्णमाका दिन गरिने पूजा आजा सन्चालनमा रोक लगाइएको हो ।

त्यस्तै, भेला, जमघट नगर्न÷नगराउनको लागि पनि सरोकारवाला निकायलाई पत्रचार गरिएका पनि जानकारी गराइएको छ । जुम्लामा समेत धेरै जनामा कोरोना संक्रमण पुष्टि भइसकेको हुनाले साउन पूर्णिमामा सञ्चालन गरिने पैठ मेला सञ्चालनमा रोक लगाइएको हो ।

गाँउपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘गाउँपालिका क्षेत्रभित्र सामाजिक परम्परा बमोजिक सञ्चालन हुने पैठ र जात्रा जस्ता कार्यक्रमहरु सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न नसकिने हुँदा कोरोना समुदायसम्म फैलिन सक्ने सम्भावना रहेकोले सो कार्य नगर्न÷नगराउन जानकारी गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV