१६ श्रावण २०७७, शुक्रबार

काठमाडौं, १६ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या थपिने क्रम निरन्तर रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका २ं३ जनामा र ललितपुरका २ जनामा संक्रमण पाइएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा र ललितपुर १ जनामा संक्रमणको पुष्टि भएको छ भने वीर अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पाइएको छ ।

यसैगरी पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

योसंगै उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ७४ पुगेको छ । काठमाडौंमा ४ सय २३, ललितपुरमा ९८ र भक्तपुरमा ५६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यसैबीच स्वास्थ्य मन्त्रायले काठमाडौंमा जोखिम बढ्दो अवस्थामा रहेपनि दिनानु दिन भइरहेको सभा सम्मेलन, जुलस प्रदर्शनप्रति चिन्ता जाहेर गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा दिनादनु दिन संक्रमित बहिरहेको भन्दै सजगता अपनाउन र मास्कको प्रयोग अनिर्वाय गर्न समेत अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV