१६ श्रावण २०७७, शुक्रबार

काठमाडौँ, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल सम्पन्न गरेको छ ।

नेपाल औषधि थोक व्यवसायी संघको आयोजना एव व्यवस्थापनमा नेपाली कांग्रेसका सह-महामन्त्री एव कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो ।

उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका थिए।

छलफलमा बोल्दैं कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाउनु भयो । यसरी भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गर्नुभएको छ ।

सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउदै सरकारलाई खबरदारी गर्न अपिल गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एन।पी।सावद, डा। प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV